३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाको यस्तो छ कोरोना अनुभव



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमण पछिल्लो समयमा केही घटेको जस्तो देखिएको छ । तर संक्रमण घटेकै हो कि मानिसले स्वास्थ्य जाँच नगराएका हुन् भन्ने अनुसन्धान यहाँ भएको छैन । अनि अर्काे कुरा संक्रमितको संख्या घट्दै जानुको अर्थ के यो महामारीमा कमी आएको हो त ? यो प्रश्नको जवाफ दिने बेला पनि अझै भएको छैन भन्छन् जनस्वास्थ्यविद्हरु । त्यसो भए सर्वसाधारणले के गर्ने त ? सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोलाले  पछिल्लो समय प्राप्त गरेको कोरोना महामारीको अनुभवलाई आज आफ्नो फेसबुक स्टाटसमा यसरी लेखेका छन् :    

'कोभिड निमोनियाको लक्षण लिएर मंसिर ११ मा अस्पताल आउनु भएकी ५० वर्षीया एकजना आमाको पीसीआर नेगेटिभ थियो । तत्काल गरिएको एन्टिजेन टेस्ट नेगेटिभ नै आयो । अन्ततस् एन्टिबडी टेस्ट पनि पोजिटिभ आयो । यसको अर्थ हो, उहाँको शरीरमा कोभिड एन्टिबडी तयार भइसकेको थियो ।

पीसीआर र एन्टिजेन नेगेटिभ अनि एन्टिबडी पोजिटिभ भएको बिरामीलाई कसरी कोभिड अस्पतालमा उपचार गर्ने तरु हामी धर्म संकटमा पर्‍यौं । तर, कोभिडले श्रीमान सिकिस्त हुँदा हेरचाह गरेको (संक्रमितसँग प्रत्यक्ष सम्पर्क) र एक्सरेमा कोभिड निमोनिया रहेको आधारमा आईसीयूमा राखेर उहाँको उपचार थालियो । 

आईसीयूमा एक साता र त्यसपछि कोभिड वार्डमा उपचारपछि उहाँ १५ दिनका दिन डिस्चार्ज हुनु भयो । तर, यो घटनाले हामीलाई झक्झक्याएको छ । लक्षण देखिएका तर पीसीआर नेगेटिभ भएका व्यक्ति सचेत हुन जरुरी छ । परीक्षण नेगेटिभ आएपछि कोभिड नै होइन भनेर निमोनिया भइसकेका बिरामी कोभिडको उपचारबाट वञ्चित हुने अवस्था आउन सक्छ ।

लक्षण भएका तर, अस्पताल ढिलो आइपुग्ने बिरामीलाई पीसीआर नेगेटिभ देखिए पनि निमोनियाले गाँजेको हुन सक्छ । ५० वर्षीया आमाजस्तै पीसीआर नेगेटिभ अन्य केही कोभिडका बिरामी उपचाररत हुनुहुन्छ । त्यसैले पीसीआर नेगेटिभ छ भनेर वास्तै नगर्ने र पोजिटिभ आउनासाथ बिरामी भएँ भन्दै आत्तिने काम नगरौं ।

विश्वव्यापी पछिल्ला अनुसन्धानले कोभिड(१९ को संक्रमण पुष्टि भएको ९ दिनपछि शरीरमा जीवित भाइरस नरहने देखाएका छन् । त्यसैले कोभिड पोजिटिभ र नेगेटिभको गोलचक्करमा रुमल्लिनु भन्दा आफूमा देखिएका लक्षणलाई महसुस गरौं । कडा लक्षण छन् भने अस्पताल पुग्न ढिला नगरौं । आफू बचौं अरूलाई पनि बचाऊँ ।'