२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयो: खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताउनुभएको छ ।

मंगलवार नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्काउटको भुमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गर्नुभयो । उहाँले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले स्काउटको स्तरोवृद्धिका लागि आवश्यक परे ऐन संशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘देश संघीयतामा गएको छ । स्काउटको भुमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । सामाजिक न्यायहरु हराउँदै गइरहेको छ । बालबालिकाहरुमा राम्रो प्रवृत्ति युवाहरुमा बिस्तारै खस्किँदै गइरहेको छ । स्काउटको जुन उद्देश्य छ, आज विश्वमा १७६ वटा देशमा १७० वर्ष भइसकेको छ । केही वर्षपछि हामीले पनि सय वर्ष मनाउँछौँ ।

अहिले स्काउटमा १ लाख २८ हजार हुनुहुन्छ । अब सात लाखको जुन टार्गेट छ, युवा तथा खेलकुद मन्त्रालयले के नीति परिवर्तन गर्दा हुन्छ, हामी गर्नेछौँ । अहिले २०५० सालको ऐन छ, २०७५ सालमा केही ऐनहरु संशोधन भएको छ । अहिले पनि केही कुराहरु संशोधनका लागि मन्त्रालयमा पुगेको छ । त्यसमा सानो सल्लाह गर्न सकिन्छ । यो सामाजिक संस्था हो, यसले शैक्षिक र सामाजिक आन्दोलनमा अहं भुमिका खेल्छ । चरित्र निर्माणमा निकै राम्रो भुमिका खेल्छ । स्काउटलाई ७५३ वटै स्थानीय तहमा पुर्‍याउनसके राम्रो हुनेछ ।’

मन्त्री चौधरीले सरकारले आर्थिक, सामाजिक र ऐनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।