२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक



अ+ अ-

कला चल्यो, गला चल्यो, मान्छे चलेन
तिम्रो घरमा मेरी छोरी भान्से चलेन 
किन सम्धिनी मान्छे चलेन 
किन सम्धीज्यू भान्से चलेन  

काठमाडौं । बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालले स्वर दिनुभएको छ  । गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैँकोे सङ्गीत छ  । पहिलो पटक गीतको भिडियो निर्देशन पङ्गेनी आफैँले गर्नुभएको छ । बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बाल कलाकार जेनिशा बुढा मगरको अभिनय तथा विश्वास नेपालको सङ्गीत संयोजन  छ । 

पङ्गेनीले रहर जागेर भिडियो निर्देशन गरिएको र आगामी दिनमा पनि निर्देशनलाई निरन्तरता दिन सक्ने बताउनुभयो । उहाँका अनुसार समाजमा जरा गाडेर रहेको जातीय विभेदको समस्या उजागर गर्दै अन्त्य गर्नमा मद्दत गर्ने विश्वास लिइएको छ । 

हाम्रा चेलीहरुलाई  कहिले न्याय हुन्छ
जातीय विभेद देख्दा न्याय आफैँ रुन्छ 
दाइजो देको औंठी चल्यो, मान्छे चलेन 

यस गीतमा कथित उपल्लो जातको युवकले कथित तल्तो जातकी युवतीसँग प्रेम गर्छ । उसले आफ्ना बुवाआमासँग विवाहको प्रस्ताव राख्छ, तिनले पानी नचल्ने भनिएकीसँग विवाह गर्न अस्वीकार गर्छन् । उसले विवाह नभए आत्महत्या गर्ने बताएपछि बाबुआमाले विवाह गर्ने स्वीकृति दिन्छन् । विवाह गरी युवक परदेशतिर लाग्छ । यता घरमा नयाँ बुहारी जातीय विभेदको चपेटामा पर्छे । श्रीमान् आएपछि  आएपछि उनीहरु दुवै न्यायको ढोका ढक्ढक्याउन पुग्छन् । बुवाआमा दुवैलाई प्रहरीले पक्राउ गरी अदालतसम्म पुर्‍याउँछ । कानून बुझेपछि उनीहरुले बुहारीलाई स्वीकार्छन् र भान्सा सुम्पिन्छन् ।