२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेथेको साग खान जान्नु भयो भने मिर्गौलादेखि अरु धेरै रोगहरू निकोपार्छ, यस्ता छन् यस्का ८ फाइदाहरु



अ+ अ-

हरिया तरकारीहरु स्वाथ्यका लागि एकदमै लाभदाक हुन्छन् । हरिया तरकारी मध्ये बेथेको सागलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । प्रायः बेथे सबै तिर सजिलै पाइन्छ । यसलाई मन नपराउँने मान्छे विरलै होलान् । बेथे दुई किसिमका हुन्छ । एक सामान्य हरियो पात भएको र अर्कौ रातो पात भएको हुन्छ । बेथेअहिलेको मौसमी सागपात हो। यस्का आठ फाइदाहरु यस्ता रहेका छन् ।

१) यसको प्रयोगले विभिन्न रोगबाट मुक्ति मिल्छ । मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । मृगौलाको पत्थरीका बिरामीका लागि यो अमृत नै मानिन्छ । बेथेको साग थुप्रै औषधिको गुणले भरिपूर्ण हुन्छ ।

२) बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ । कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पत्थरी, पेट घोच्ने समस्यालगायतबाट मुक्ति मिल्छ ।

३) भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फुल्नेजस्ता समस्या हटाउन पनि बेथे लाभदायक हुन्छ । पिसाब, मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ ।

४) बेथेमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पंचागं अर्थात पाँच अंग (जरा, डाठ, पात, फल र फूल) लाई प्रयोग गरिन्छ ।

५)  बेथेको तरकारी नियमित सेवन गरेमा वाथ (यूरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ ।

६) बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिँदैन । यसले आमाशयलाई बलियो बनाउँछ ।

७) बेथेको सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएका सबै प्रकारका विषहरूको निवारण गर्नु हो । बेथेलाई विषनिदान नाम दिइएको छ ।

८) यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ ।