२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी दूतावासद्वारा आयोजित ‘जलवायुमा आदिवासी महिला नेतृत्वकर्ताहरू’ छलफल कार्यक्रम सम्पन्न



अ+ अ-

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले जलवायु संकटको समाधान खोज्नमा आदिवासी समुदाय र महिलाहरूले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने कुरालाई मान्यता दिँदै ‘जलवायुमा आदिवासी महिला नेतृत्वकर्ताहरू’ नामक छलफल कार्यक्रमको आयोजना गरेको छ ।

बुधबार दूतावासमा आयोजित कार्यक्रमले आदिवासीहरूको नेतृत्वमा अनुसन्धान र शिक्षाको प्रवर्द्धन गर्न आफ्नो विशेषज्ञता र अनुभवहरू साट्न विभिन्न संस्थाका महिला नेतृत्वकर्ताहरूलाई एकसाथ ल्याएको दूतावासले जनाएको छ ।

जलवायु परिवर्तनले जोखिममा रहेका समुदायहरूलाई झनै कसरी असर गर्छ र यसले गर्दा बसाइँसराइ र रित्ता गाँउ–शहरहरूको सम्भावना कसरी बढ्छ भन्ने विषयमा सो छलफल केन्द्रित रहेको थियो ।

यी परिवर्तनहरूलाई अनुकूलन गर्न र सांस्कृतिक सम्पदाको संरक्षण गर्न अन्तरपुस्ताको ज्ञानले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ भनेर पनि छलफल भएको दूतावासले जनाएको छ ।

यस्ता महत्त्वपूर्ण र समयसापेक्ष छलफलहरूलाई समर्थन गर्न नेपाली महिला नेतृत्वमा रहेका आदिवासी संस्थाहरूसँग साझेदारी गर्न पाउँदा अमेरिका गर्व गर्ने पनि दूतावासको भनाई छ ।




भर्खरै