काठमाडौ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपनि सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
बुधबार साँझ बसेको मन्त्री परिषद्को बैठकले पोखरेललाई बढुवा गर्दे कार्य एवं अपराध अनुसन्धान विभागमामा पदस्थापन गरेको छ । पोखरेलको नयाँ स्थानमा पदस्थापन भएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा एआईजी हरिबहादुर पाल लाई सरुवा गरिएको छ ।












