३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकारकर्मीको नौ वटा दुवातावास अगाडि एकैसाथ धर्ना प्रदर्शन



अ+ अ-

काठमाडौं । आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदन गर्न माग गर्दै मानव अधिकारकर्मीहरुले नेपाल स्थित नौ वटा दुवातावास अगाडि एकैसाथ धर्ना प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाण्डौ र ललितपुरमा रहेका नौ वटा दुतावास अगाडि आणविक अस्त्रको विश्वव्यापी उन्मुलनको माग गर्दै धर्ना प्रदर्शन भएको हो । 

मानव अधिकारकर्मीहरुले ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस पारेर काठमाण्डौस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र ललितपुर स्थित उत्तर कोरियाली दुतावास अगाडि एकसाथ प्रदर्शन गरेका हुन् । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सदस्य एवं पूर्व महासचिव कृष्ण कँडेलले जीवजन्तु र मानिसलाई हानी हुने कुनैपनि आणविक अस्त्र राख्न पाइदैन भन्दै प्रदर्शन गरिएको बताउनुभयो । युद्धले विनास बाहेक केहीपनि नगर्ने भएकाले विश्व शान्तिका लागि प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

धर्नामा ‘आणविक अस्त्र मानवताको सबैभन्दा ठूलो सत्रु हो’ र ‘विश्व शान्ति एवं सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो’, ‘सबै आणविक अस्त्र नष्ट गर’, ‘आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर’, ‘आणविक अस्त्र चाहिदैँन शान्ति मास्न पाइदैँन’, ‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक कहरबाट कसले बचाउँने’, ‘आणविक अस्त्र रहेसम्म यो प्यारो धरतीमा कोही सुरक्षित छैनन’ लगायत लेखिएका बयानर लिएर प्रदर्शन गरिएको थियो । यस्तै ‘युद्ध निषेधः शान्ति विशेष’, ‘युद्धमा सबैको क्षय हुन्छ शान्तिमा सबैको जय हुन्छ’, ‘युद्ध रोक शान्तिलाई बढावा देउ’ लेखिएका प्लेकार्डहरु लिएर मानव अधिकारकर्मीहरुले प्रदर्शन गरेका थिए ।