सुर्खेत । दैलेखका एक ८७ वर्षीय कोरोना संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ । उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
ति पुरुषको सुर्खेतमा उपचारका क्रममा वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा निधन भएको हो । गुराँस गाउँपालिका– ५ का सो पुरुषलाई मंसिर १५ गते कोरोना संक्रमण देखिएको थियो ।
वृद्धको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।












