३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो । विसं  २००८ फागुन ९ गते  पिता चन्द्रसिं  र आमा मिश्रीमायाका कोखबाट जन्मनुभएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा ९चौम०बाट कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो । लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्य हुनुभएको थियो ।

(नेता कमानसिंह लामा)

विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बन्नुभएका उहाँले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी हुनुहुन्छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताउनुभएको छ ।

आज दिनुभएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लामा हक्की र  निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहनुभएको स्मरण गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभएको छ, “जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु ।” 

अध्यक्ष दाहालले दिवङ्गत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा  समवेदनासमेत व्यक्त गर्नुभएको छ ।