२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटियो



अ+ अ-

काठमाडौँ । इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ ।

शुुक्रवार काठमाडौको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा किटाणु फेला पारेको हो ।

सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि काठमाडौ महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाएको छ ।

मिनिरल वाटरको बोटलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाडौं महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो हामी विभागमा जान्छौँ । अनि उहाँहरुसँग लिखित स्पष्टिकरण माग्छौं । उहाँहरुलाई कारबाहीका लागि के गर्ने भनेर माथिबाट सरहरुले निर्णय गर्नुहुन्छ । कारबाही तोक्ने कुरा उहाँहरुले गर्नु हुन्छ । मैले पानीमा हेर्दाखेरी लार्भा जस्तो कीराहरु देखिएको छ । यो एउटा कैफियत नै हो । कारबाही हाम्रो कृषि तथा पशुपंक्षी विभागले गर्छ । किटाणु नै भन्न सकिएन । तर प्रारम्भिक रुपमा लार्भा हो जस्तो लाग्यो । स्थानीय ऐन अनुसार उहाँहरुमाथि कारबाही हुन्छ ।’

प्राविधिक पराजुलीका अनुसार काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु किटाणु हो/होइन ? परीक्षण गरेर मात्रै कानूनी कारबाहीको प्रक्रियामा अघि बढाउनेछ ।