२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन, १० हजार मानिसलाई प्रदर्शनमा उतार्ने



अ+ अ-

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले कम्युनिस्ट सरकारले गरेको दमनकारी दुव्र्यवहार, स्वास्थ्य सामग्री खरिदलगायत भ्रष्टाचार काण्डको विरोधमा मंसिर २९ गते हेटौंडामा १० हजार मानिसलाई प्रदर्शनमा उतार्ने भएको छ । कांग्रेस हेटौंडा उपमहानगर, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको बुधबार बसेको छुट्टाछुट्टै बैठकले हेटौंडा उपमहानगरका १९ वडा, थाहानगर र ८ गाउँपालिकाबाट १० हजार प्रदर्शनकारीलाई हेटौंडामा उतारेर कम्युनिस्ट सरकारको तानाशाही, ज्यादती र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा बसेको नगर कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा जिल्ला कार्यसमिति उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदीप कोइराला, जिल्ला सदस्यहरु, प्रतिनिधिसभा क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापतिहरु, हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका सभापति, वडाध्यक्षहरु, स्थानीय निकाय निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारको उपस्थिति थियो ।

कांग्रेसको तरुण विभाग, भ्रातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पनि बुधबार जिल्ला पार्टी कार्यालयमा बैठक राखी विरोध प्रदर्शनमा जिल्लाका १० वटै स्थानीय निकायबाट तरुण युवा र विद्यार्थीहरु हेटौंडामा हुने विरोध प्रदर्शनमा उपस्थित गराउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिले तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी दुव्र्यवहार, कोरोनाको महामारीमा पनि स्वास्थ्य सामग्री खरिदलगायत भ्रष्टाचार काण्डको विरोधमा ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । नेपाल समाचारपत्र दैनिक