३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

के कोरोना भाइरस चीनभन्दा अघि अमेरिकामा देखिएको थियो ?



अ+ अ-

विश्वामा कोरोना भाइरसको संक्रमण फैलिएको वर्षदिन नै पुग्न लाग्यो । गत वर्षको यही महिना अर्थात् डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको थियो । त्यसपछि यो विस्तारै संसारव्यापी भयो र यसरी विश्वमा नै महामारीका रुपमा विश्वका विभिन्न देशमा पनि फैलियो । 

करिब एक वर्षअघि नै खबर आयो कि– वैज्ञानिकले चीनको उहानमा कोरोना भाइरसको संक्रमण पत्ता लगाए । तर पनि आज वर्ष दिनसम्म आइपुग्दा भने यो भाइरसले संसारमा झण्डै १४ लाख मानिस मरिसकेका छन् र यसको खोप पनि पत्ता लागेको भनिएको छ । यद्यपि, खोपको प्रयोग आम रुपमा शुरु भएको भने छैन । 

आज आएर यो भाइरस के वुहानै देखिएको थियो त भन्ने प्रश्न उब्जिएको छ । वैज्ञानिहरुको पछिल्लो अनुसन्धानबाट यस्तो प्रश्न उब्जिन पुगेको छ । अमेरिकाका वैज्ञानिकले गरेको नयाँ अनुसन्धानले वास्तवमा कोरोना भाइरसले त्यसभन्दा हप्तौंअघि अमेरिकाका मानिसलाई संक्रमण गरिसकेको देखाएको पछिल्लो नयाँ तथ्य बाहिर आएको छ । 

अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का वैज्ञानिकले गरेका अनुसन्धानको नतिजा क्लिनिकल इन्फेक्सियस डिजिज नामको पत्रिकामा यसै हप्ता मात्र प्रकाशित छ । हालसम्म उपलब्ध जानकारीअनुसार जब चीनको हुपेई प्रान्तका स्वास्थ्य अधिकारीले उहानमा धेरै त्यस्ता बिरामी देखिए, जसमा निमोनियाँका गम्भीर लक्षण छन्, सार्ससँग सम्बन्धित अनौठो रोग देखियो भनेर चेतावनी जारी गरे तब सन् २०१९ डिसेम्बर ३१ मा वैज्ञानिकले आधिकारिक रूपमा यसको जानकारी पाए ।

तर महामारी सुरु भएको ११ महिनापछि अमेरिकाका वैज्ञानिक भन्छन् किः अमेरिकाका तीन राज्यका ३९ जनाको शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइयो । जुन चीनका स्वास्थ्य अधिकारीले कोरोनाबारे चेतावनी जारी गर्नुभन्दा २ हप्ताअघि नै उनीहरूको शरीरमा विकास भइसकेको थियो । यद्यपि अमेरिकाकमा कोरोना भाइरस संक्रमणको पहिलो घटना २०२० जनवरी २१ मा दर्ता भएको थियो।

बीबीसीको हालैका रिपोर्ट भन्छ– यस अनुसन्धानअनुसार अमेरिकामा २०१९ डिसेम्बर १३ देखि २०२० जनवरी १७ सम्म गरिएको रक्तदान कार्यक्रममा ७ हजार ३८९ जनाले रगत दिएका दिए । तीमध्ये १०६ जनाको रगतको नमुनामा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइएको हो ।

कुनै व्यक्तिको शरीरमा एन्टिबडी पाइनुको अर्थ हो कि ऊ पहिले कोरोनाबाट संक्रमित भएको थियो र त्यसविरुद्ध उसको शरीरले रोग प्रतिरोधात्मक शक्ति विकास गरिसक्यो ।
अनुसन्धानकर्ताका अनुसार अमेरिककाका क्यालिफोर्निया, ओरेगन र वासिङ्टनमा गत डिसेम्बर १३ देखि १६ सम्म (चीनको उहानमा कोरोना संक्रमण पत्ता लाग्नु डिसेम्बर ३१ अघि) लिइएको रगतको नमुनामध्ये ३९ जनामा कोरोना भाइरसविरुद्ध एन्टिबडी पाइएको हो।

शोधकर्ताका अनुसार बाँकी ६७ रगतको नमुना जनवरी महिनामा मासेच्युसेट्स, मिसिगन, रोड आइल्यान्ड र विस्किन्सिनमा संकलन गरिएको थियो । यो कुरा यी राज्यमा कोरोना महामारी फैलिनुभन्दा केही पहिलेको हो । 

अमेरिकी अनुसन्धानकर्ताका अनुसार अमेरिकामा ठूलो मात्रामा कोरोना महामारी फैलिन सुरु भएको चाहिँ फेब्रुअरीको अन्तिम हप्तादेखि हो । तर अब कोरोना भाइरसको उत्पत्तिका विषयमा अहिलेसम्म प्राप्त जुन जानकारी छ, त्यसमा अमेरिकाका वैज्ञानिकले गरेको नयाँ अनुसन्धानले परिवर्तन ल्याउन पनि नसक्ला भन्न सकिँदैन । 

उसो भए कोरोना भाइरस विश्वमा सबैभन्दा पहिले कहाँ देखापरेको हो त ? यसै विषयमा चीनमा रहेर अनुसन्धान गरिरहेका एकजना नेपाली वैज्ञानिक प्रा.डा.राजिवकुमार झाले पनि अमेरिकामा नै हो भन्छन् । उनले आज यो कुरा स्वीकार गरेका होइनन् कि नेपाल र चीनका विभिन्न सञ्चारमाध्यमहरुमा उनले दिएको अन्तर्वार्ताका पनि यो कुरा आएको थियो । 

वैज्ञानिक झा नेपालमै रहेका बेला गत मार्च महिनामा नेपालको एपी वान टेलिभिजनलाई अन्तर्वार्तामा पनि उनले भनेका थिए ‘अहिले सबैले चीनलाई मात्र दोषारोपण गरिरहेका छन्, तर मलाई लाग्छ यस विषयमा भर्खरै अनुसन्धन भएको छ र म पनि यसमा अनुसन्धानरत छु कि यो भाइरस चीनमाभन्दा पहिला अमेरिकामा देखिएको थियो । 

उनले सोही समयदेखि नै चीन सरकारको विशेष ग्रान्टमा यस भाइरसबारे अनुसन्धान थालेका थिए । हाल पनि उनको औषधिलाई कोरोनाको थेरापीका रुपमा कसरी प्रयोग गर्ने भन्ने विषयको अनुसन्धान जारी छ । यो एउटा ‘सिजनल ग्रान्ट’ हो र यतिखेर चीनले यस्ता अनुदानहरुलाई कोरोनाको विषयमा विशेष अनुसन्धान गर्नेगरी केन्द्रित गरेका छन् । मैले पनि कोरोना भाइरसका लागि औषधिलाई कसरी थेरापीमा प्रयोग गर्ने भन्ने विषयमा अनुसन्धान गर्ने हो र गरिरहेको छु भन्दै उनले त्यस समयमा दिएको अनुसन्धानमा यो भाइरस वुहानमा पहिलो पटक उत्पत्ति नभएको जिकिर गरेका थिए । ‘सेन्ट्रल गभर्मेन्ट रिसर्च फन्ड फर कोरोना’ अन्तर्गत अनुसन्धानरत उनले अहिले भने मैले त्यतिबेलै यो विषय बाहिर ल्याएको हो, तर नेपालमा कसैले यो कुरा सुन्न चाहेको देखिन तर आज अमेरिकी वैज्ञानिकहरुकै अनुसन्धानबाट यो कुरा बाहिर आएपछि बल्ल यसप्रति विश्वको ध्यानाकर्षण हुन पुगेको छ । 

सीडीसीका वैज्ञानिकले अमेरिकामा देखिएका ती संक्रमित मानिस अमेरिकामै संक्रमित भएका थिए कि यात्राका क्रममा कहींबाट संक्रमण लिएर आएका थिए भन्ने विषय त अहिले पनि खोज्दैछ तर पनि प्रारम्भिक अनुसन्धानबाट ती मानिसहरुले त्यस समय चीनको यात्रा भने गरेका थिएनन् । 

प्रा.डा.झा भन्छन्– हामी सानो देशका नागरिकले बोलेको कुरा कसैले नसुनेका हुन्, त्यतिबेला अमेरिकी राष्ट्रपतिले नै ‘चाइना भाइरस’ भनेर नामाकरण गरेकाले सबै विश्व नै त्यतै लाग्यो र चीनको कुरा कसैले सुन्नै चाहेन तर पनि अनुसन्धान जारी नै रहेकाले अहिले नै यो चाइना भाइरस हो या वुहानबाटै आएको हो भन्न सकिने अवस्था छैन, मेरो अनुसन्धान पनि लगभग अन्त्यतिर पुग्दैछ र यसबाट पनि मलाई लाग्छ हालै अमेरिकी वैज्ञानिकबाट आएको तथ्य नै निष्कर्ष निस्कन्छ भन्ने लागेको छ ।