२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिपफेक भिडियोमा अभिषेक बच्चनले भने – ऐश्वर्या र मेरो सम्बन्ध विच्छेद हुँदैछ



अ+ अ-

एजेन्सी । केही समयदेखि बलिउड अभिनेता अभिषेक बच्चन र उनकी श्रीमती ऐश्वर्या राय बच्चनबीच केही राम्रो नभएको चर्चा भइरहेको छ । उनीहरुको सम्बन्धविच्छेदको खबर पनि बाहिर आएको छ ।

यसैबीच सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ जसमा अभिषेक बच्चनले ऐश्वर्या रायसँग डिभोर्सको घोषणा गरिरहेका छन् ।

यस भिडियोमा अभिनेता भन्छन्, ‘यस जुलाईमा ऐश्वर्या र मैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छौं । पछिल्ला केही वर्ष मेरी छोरी आराध्याका लागि राम्रो रहेन । आज म यहाँ ऐश्वर्यासँग डिभोर्स लिनुको कारणबारे कुरा गर्न आएको छु ।’

तर, अनुसन्धानमा यो भिडियो नक्कली भएको खुलेको छ । यसमा अभिषेकको लिप सिङ्किङसँग पटक्कै मेल खाइरहेका छैनन् । यो भाइरल भिडियो एआई प्रविधि वा कुनै अनलाइन उपकरण प्रयोग गरेर बनाइएको हो ।

लामो समयदेखि अभिषेक र ऐश्वर्याको सम्बन्ध डिभोर्ससम्म पुगेको चर्चा चलिरहेको थियो । हालै ऐश्वर्या बच्चन परिवारबाट छुट्टिएर अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएपछि यी हल्लाले थप गति लिएको थियो ।

यस पार्टीमा ऐश छोरी आराध्यासँग पुगेकी थिइन् । बच्चन परिवारका बाँकी सदस्यहरू छुट्टै आएका थिए ।

 




भर्खरै