बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना नगरपालिकाका ७३ वर्षीय पुरुषको भैरहवाको भीम अस्पतालमा मंगलबार राति ११ बजे मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।
संक्रमित पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेका थिए । उनी २२ गते अस्पताल भर्ना भएका थिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ३१४ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।












