काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको आज बिहान निधन भएको छ ।
उहाँको ९३ वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको हो । उहाँको अन्तिम दाहासंस्कार आजै दाङको शङ्खेपिपलमा ११ बजे गरिने भएको छ । उहाँले विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
उहाँ नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुुहुन्थ्यो ।












