३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयता र गणतन्त्र सबै जातजातिको साझा: मुख्यमन्त्री राई



अ+ अ-

गाईघाट । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताउनुभएको छ । मङ्गलबार उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक पुलको औपचारिक उद्घाटनपछिको कार्यक्रममा उहाँले भन्नुभयो, “अहिलेको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिको साझा हो, यो कसैको एकलौटी होइन, यसमा सबै जातजातिको विकास हुनुपर्छ र कोही पनि लाखापाखा हुनुहुन्न ।”

उहाँले सङ्घीयता सबै नेपालीको भएको कारण सबै जातजाति मिलेर तेरो, मेरो नभनी अब देश विकासमा मिलेर अगाडि बढ्ने बेला आएको बताउनुभयो ।

सङ्घीयता र गणतन्त्रका लागि योगदान गर्ने ठूला राजनीतिक दल नेकपा र नेपाली कांग्रेस अहिले पार्टीभित्रको विवादमा रहे पनि यी पार्टी फुट्न नहुने र कसैले फुटोस् भन्ने कामना गर्छ भने त्यो दिवास्वप्न हुने उहाँको भनाइ थियो ।