३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम पुर्वानुमानः यी स्थानमा हिमपातको सम्भावना



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । महाशाखाले हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागहरु र प्रदेश न २ मा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको जनाएको छ । 

 यसैगरी, दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।यस्तै, राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेशका  पहाडी भूभागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

यता, सुदुर पश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।