३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा



अ+ अ-

काठमाडौं । निर्माण शुरु भएको आठ वर्षपछि जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार उक्त भवनको उद्घाटन गर्नुभएको हो । टर्मिनल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भटटराईले जनकपुर विमानस्थलको विकासमा सरकार दृढ रहेको बताउनुभयो । त्यसका लागि तीन वटै तहका सरकारको बीचमा समन्वय र सहकार्य आवश्यक रहेको पनि बताउनुभयो ।

यस्तै जनकपुरलाई आकर्षक धार्मिक पर्यटकिय नगरिको रुपमा विकास गर्न संघीय सरकार अग्रसर रहेको पनि बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले विमानस्थलमा नयाँ टर्मिनल भवनको निर्माण भएसँगै आवागमनमा सहज हुने र पर्यटकिय गतिविधि समेत बढ्ने बताउनुभयो । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले जनकपुर विमानस्थलको नाम परिवर्तन गरेर जनकपुरधाम विमानस्थल राख्नुपर्ने बताउनुभयो ।

यो विमानस्थलमा २०२४ सालमा निर्माण भएको टर्मिनल भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । २०६९ साल देखि निर्माण शुरु भएको नयाँ टर्मिनल भवन करिब ४५ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने क्षमता रहेको छ ।