३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रपथ विस्तारमा भगवान बुद्धको हजार मुर्ति स्तुपा भत्किदैन– मन्त्री नेम्बाङ्ग



अ+ अ-

काठमाण्डौ  । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाण्डौ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्र भित्रका बौद्धमार्गीहरुले तपस्या गर्ने भगवन बुद्धको हजार मुर्ति स्तुपा नहटाइने बताउनु भएको छ । मंगलबार स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो बताउनु भएको हो । 
उहाँले सडक विस्तारको क्रममा कम्तिमा पनि स्वयम्भु क्षेत्रमा रहेको भगवन बुद्धको हजार मुर्ति स्तुपा जोगाउँनु पर्छ भन्ने बुझाई प्रष्ट भएको बताउनु भयो । उहाँले भन्नुभयो  ‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग  र युनेस्कोको प्रावधानका परिधिमा रहेर  हजार मुर्तिको स्तुपा जोगाउँनु पर्छ भन्ने प्रष्ट भएको छ । प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाईने छ ।’ उहाँले सरकार विभिन्न समुदायको संस्कृती संरक्षणमा मात्र होइन नयाँ चरणमा विकास गर्न लागि परेको बताउनु भयो ।  उहाँले भन्नुभयो ‘यो सरकार नयाँ संविधानद्धारा निर्देशित छ । नयाँ मुलुक निर्माणमा अगाडी बढेको सरकार स्वभावैले मुलुुकका चौतर्फी विकास गर्न चाहान्छ ।  अरु चौतर्फी विकासका अलावा मुलुकको विविध धर्म, विविध समुदाय विविध, सस्कृतीको रक्षा मात्र होइन । यसको नयाँ चरणमा विकास गर्न लागि परेको छ ।’ उहाँले मुलुकको विविध सस्कृती सामाजिक सम्पती रहेको समेत उल्लेख गर्नु भयो ।
मन्त्री नेम्बाङ्गले स्वयम्भू क्षेत्र जस्तो विश्वसम्पदा सूचिमा रहेका क्षेत्रहरुको संरक्षण मात्र होइन अझ विकास गरेर लाने कुरामा सरकारको नीति कार्यक्रममा स्पष्ट रहेको बताउनु भयो । 
उहाँले सडक विस्तार गरिदा यसका प्राविधि पक्ष, धार्मिक पक्ष,  विश्वसम्पदा क्षेत्रका प्रावधान सबै विषयवस्तुलाई ध्यान दिइने बताउनुभयो । 
समुदायको भावना र संवदेनशिलतासंग जोडिएकाले विषय भएकाले अभियानले ध्यानाकर्षण नगराउँदै पुरातत्व विभाग, महानगरपालिकासंग छलफल गर्नुका साथै आयोजना कार्यान्वयन गर्ने निकायलाई सचेत गराई सकेको समेत उहाँले जानकारी दिनुभयो । 
उहाँले बुद्धमार्गीहरु, बुद्ध धर्मलम्वीहरु स्वभावैले सिर्जशल, सकारात्क र शान्तिपूर्ण चरित्र र मनसायको हुने भन्दै प्रशंसा गर्नु भयो । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले स्वयम्भु जस्ता सम्पदाहरु सरकारले नै विश्वसम्पदा सूचिमा सुचिकृत गराएकाले त्यसको प्रावधान पालना गर्ने बताउनु भयो । 
त्यस्तै स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताउनु भयो । 
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संविधानसभाका सभासद पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले समेत धारणा राख्नु भएको थियो । 
काठमाण्डौ चक्रपथ सुधार आयोजना दोस्रो खण्ड कलंकीदेखि धोविखोला ११.६ किलोमिटर साइट क्लियरेन्सको अन्तिम चरणमा रहेको छ ।