३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्क बडापत्र दिवस मनाइयो



अ+ अ-

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै आज ३६औँ ‘चार्टर डे’ मनाइएको छ । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् । दक्षिण एशियाका राष्ट्र प्रमुख एवं सरकार प्रमुखले सार्क स्थापना गरेको दिनको स्मरण गर्दै उक्त दिवस मनाइँदै आएको छ । सन् १९८५ डिसेम्बर ८ मा सार्क चार्टर पारित गरिएकोे थियो । सोही दिनका स्मरणमा आज बडापत्र दिवस मनाइएको काठमाडौँस्थित सार्क सचिवालयले जनाएको छ ।

त्यसलाई अर्को भाषामा सार्क बडापत्र दिवसको रुपमा समेत लिइन्छ । बडापत्रअनुसार सार्कको प्राथमिक उद्देश्य यस क्षेत्रका जनताको हित र उनीहरुको जीवनस्तर सुधार गर्नु हो । इतिहास र संस्कृतिक सम्बन्धमा एकताबद्ध भएका दक्षिण एशियाका आठ देशको साझा मञ्च सार्कले यस क्षेत्रमा शान्ति, स्थायित्व, एकता र प्रगतिलाई प्रवद्र्धन गर्दै आएको छ । सार्क बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै सदस्य राष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुख तथा परराष्ट्रमन्त्रीले विशेष सन्देश जारी गर्नुभएको छ ।

उहाँहरुले सार्कको महत्व र गरिमाको बारेमा स्मरण गर्दै क्षेत्रीय शान्ति र स्थायित्व एवं समानतामा आधारित सम्बन्धलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै सार्कका महासचिव इसाला रुवान विराकुनले बडापत्र घोषणा भएको दिनको स्मरण गर्दै एक शुभकामना व्यक्त गर्नुभएको सचिवालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।