३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले पंखाबाट आँधी ल्याउन खोजिएको छ – प्रधानमन्त्री ओली (भिडियो सहित)



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ ।
काठमाडौंको दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा जेष्ठ नागरिक आवाश गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंशाको बाटोमा फर्कन लागेको बताउनु भएको हो । पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गर्नुभयो ।

मोरङको मिक्लागुङ्गमा भएको हत्याको प्रशंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हत्या हिंशाको पुरानो कालखण्ड दोहोरिन लागेको बताउनुभयो । साथै आफ्नो सरकारले यस्ता गतिविवधि हुन नदिने तर्फ सचेत रहेको पनि बताउनुभयो । 
कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा अहिले राजनैतिक समस्या निम्त्याउन खोजिएको पनि बताउनुभयो । राजनैतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भएपनि सफल नहुने पनि बताउनुभयो । 
प्रधानमन्त्री ओलीले बुद्धका उपदेशले नै संसारमा मैत्री, करुणा र भाइचाराको सम्बन्ध स्थापित भएको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गर्नुहुने भएको छ ।