२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार १३८२ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८२ जनामा कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार थप १ हजार ३ सय ८२ जनामा संक्रमण देखिएको हो । यससँगै मुलुकमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ । 

हालसम्म मुलुकभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमित छन् भने २ लाख २९ हजार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार मात्रै १ हजार ६ सय २१ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घन्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।