२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथेन्सको जंगलमा भीषण आगलागी: एक लाख एकड जलेर नष्ट



अ+ अ-

एजेन्सी । आईतवारदेखि लगातार लागेको डढेलोका कारण एथेन्सको उत्तरपूर्वी जंगलको एक लाख एकड जलेर नष्ट भएको छ ।

द्रुत गतिमा चलिरहेको जंगलको आगोले राजधानीलाई खतरामा पारेको छ । ७ सय भन्दा बढी अग्निनियन्त्रक, सैनिक कर्मचारी, स्वयंसेवक, ३५ वटा पानी छोड्ने विमान र हेलिकप्टर सहितको ठूलो मात्रामा आगो निभाउने प्रयासका बाबजुद भीषण हावा र सुख्खा अवस्थाका कारण आगो तिब्र गतिमा फैलिएको बताइएको छ ।

एथेन्सको डाउनटाउनबाट करिव ४० किलोमिटर उत्तरपूर्वमा रहेको म्याराथन दौडको जन्मस्थल म्याराथनको ऐतिहासिक शहर नजिकै आईतवार दिउँसो जंगलमा आगलागी भएको थियो । एथेन्सको राष्ट्रिय अब्जर्भेटरीको प्रारम्भिक अनुमानका अनुसार सोमवार साँझसम्म आगो राजधानीको उपनगरहरूमा पुगेको छ । लगभग एक लाख एकड जङ्गल जमिन र खेतबारीलाई जलाएको छ ।

तीन अग्निनियन्त्रकसहित कुल ३५ जना सामान्य घाइते भएका छन् । धेरैजसो धुवाँको कारण श्वासप्रश्वासमा समस्या भएका थिए । यसैबीच कम्तिमा ३० वटा आपतकालीन अलर्टसहित बस्तीहरू खाली गर्न जारी गरिएको छ ।