८ असार २०८३, सोमबार
,
Latest
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य हुँदैनः रास्वपा



अ+ अ-

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य नहुने बताएको छ ।

.मंगलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो । बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्नेकुरा कदाचित राजनीतिक दलहरुले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनु भयो ।

उहाँले भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जानेगरी राजनीतिक दलहरुले गम्भीर त्रुटी गरिरहेको बताउनु भयो । उहाँले पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने बताउनु भयो । उहाँले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जलन सम्बन्धी गैरसरकारी विधेयक संसदमा आज नै दर्ता गर्नेगरी छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलतः हामीले तीन वटा विषयमा छलफल चलाएका छौँ । एउटा राष्ट्रिय स्वतन्त्र पार्टीले जलन सम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ । त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ । जलन सम्बन्धी विधेयक अन्तिम छलफल हुँदैछ र सम्भवतः आज नै दर्ता गर्नेछौँ हामी । 

संसदको कानून समितिले जुन संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधि सभामा प्रश्तुत गर्ने भनिएको छ, त्यसमा पनि छलफल चलायौँ र आगामी दिनमा संसदको गतिविधिहरु कसरी गर्ने, कसरी अगाडि जाने भन्ने मुद्दाका विषयहरुमा पनि छलफल भयो । सर्वसहमतिले अघि बढाउने र संक्रमणकालीन न्यायका बारेमा नेताहरु बोल्दा समर्थनमा बोल्ने कुरा भएको छ ।

संसदको गतिविधिमा हामीले नेपाल विद्युत प्राधिकरणको वक्यौता सम्बन्धी मुद्दा जोडतोडका साथ उठाउने र त्यो वक्यौताको विषयमा अरु केही हुनु हुँदैन । राज्यले पाउनुपर्ने कुरा उठाउनुपर्छ भन्ने हाम्रो धारणा छ । भ्रष्टाचारसम्बन्धी कानून जुन बनिरहेको छ, त्यमसा हदम्याद राख्नेकुरा कदाचित स्वीकार्य छैन । भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशंका भए चल्नुपर्छ । निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउनेबाटोमा राजनीतिक दलहरुले गम्भीर त्रुटी गर्दैछन्, त्यो रास्वपाले स्वीकार गर्दैन । त्यसलाई पनि बेजोडका साथ सदनमा उठाउने ।’

उहाँले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधि सभामा प्रश्तुत गर्नेगरी समितिबाट पास भएको र त्यसबारेमा नेताहरुले बोल्दा समर्थनमा बोल्नेबारेमा पनि छलफल भएको बताउनु भयो । साथै बैठकमा आगामी दिनमा संसदको गतिविधिहरु कसरी गर्ने, कसरी अगाडि जाने भन्ने मुद्दाका विषयहरुमा पनि छलफल भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल




न्यूजपोलारबाट थप समाचार