२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋण नतिरेपछि राजपाल यादवको सम्पत्ति जफत



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता राजपाल यादव अहिले चर्चामा छन् । गत आइतबार अभिनेताको करोडौंको सम्पत्ति बैंकले जफत गरेको थियो ।

कारबाही गर्दै बैंकले सम्पूर्ण जग्गा सिल गरी त्यहाँ बैंक बोर्ड समेत लगाएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने, अधिकारीहरूले हतार र लापरवाहीले बन्द कुलर घरभित्रै चलाएर छोडेका छन् ।

राजपाल यादवले फिल्म ‘अता पता लापता’ बनाउनको लागि सन् २०१२ मा भारतको केन्द्रीय बैंकबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । समयसँगै यो ऋण ११ करोड भारु भएको छ, जसलाई अभिनेताले तिर्न सकेनन् ।

ऋण तिर्न नसकेपछि आइतबार सेन्ट्रल बैंक अफ इन्डियाको बान्द्रा शाखाका अधिकारीले कारबाही गर्दै शाहजहांपुरको कचरी ओभरब्रिज नजिकै रहेको सेठ इन्क्लेभमा रहेको ग्यारेन्टीमा राखेको जग्गा सिल गरिएको छ ।

अधिकारीहरूले गोप्य रूपमा कारबाही गरे र सम्पूर्ण सम्पत्ति सिल गरे । टाइम्सको रिपोर्ट अनुसार राजपाल यादवले मार्बल बिक्रेतालाई त्यो सम्पत्ति भाडामा दिएका थिए । अफिसरहरूले यसलाई यति हतारमा कब्जा गरे कि सम्पत्ती भित्र चलिरहेको कुलर पनि बन्द गरिएको थिएन ।

अब बैंकले राजपाल यादवको सम्पत्तिमा बोर्ड राखेको छ । बोर्डमा अबदेखि यो सम्पत्ति भारतको केन्द्रीय बैंकको भएकोले यसलाई न किन्न पाइन्छ न बेच्न पाइने जनाइएको छ ।

राजपाल यादव सन् २०१२ मा आएको फिल्म ‘अता पता लापता’ मा देखिएका थिए । यो चलचित्रलाई उनकी पत्नी राधा यादवले निर्देशन र निर्माण गरेकी हुन् । फिल्ममा पैसा लगानी गर्न राजपाल यादवले भारतको केन्द्रीय बैंकबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । फिल्म रिलिज हुनुअघि नै व्यापारी एमजी अग्रवालले राजपाल यादवमाथि ठगीको आरोप लगाएका थिए जसका कारण दिल्ली उच्च अदालतले फिल्मको रिलिजमा रोक लगाएको थियो ।

एमजी अग्रवालले राजपालले आफूसँग ५ करोड रुपैयाँ लिएको आरोप लगाएका छन् । उनको कम्पनी मुरली प्रोजेक्टको राजपालसँग सम्झौता थियो, तर राजपाल यादवले फिल्मलाई स्वतन्त्र रूपमा रिलिज गरेका थिए । जब उनले आफ्नो पैसा फिर्ता गर्न भने, राजपाल यादवले उनलाई चेक दिए, जुन बाउन्स भयो ।

धेरै विवादपछि यो फिल्म २ नोभेम्बर २०१२ मा रिलिज भएको थियो । करोडमा बनेको यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो र ३८ लाख मात्रै कमाउन सक्यो ।

सन् २०१८ मा चेक बाउन्स मुद्दामा राजपाल यादव जेल पनि परेका थिए । उनी करिब ३ महिना जेल बसे ।

राजपाल यादव यसै वर्ष रिलिज भएको फिल्म ‘चन्दु च्याम्पियन’मा देखिएका थिए । उनी छिट्टै ‘भुल भुलैया ३’, ‘बेबी जोन’, ‘मकटूब’ र ‘वेलकम टु द जंगल’ जस्ता फिल्ममा देखिनेछन् ।