२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजादेखी सबै अटाउने ब्यबस्थाले मात्र मुलुकमा दिगो शान्ति र बिकास: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने भन्दै तत्काल मार्गचित्र परिबर्तन जरुरी भएको बताएका छन् ।

आज राप्रपा नेपाल काठमाडौं ५ नम्बर क्षेत्रद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजादेखि सबै अटाउन सक्ने ब्यबस्थाले मात्र मुलुकको आर्थिक,सामाजिक,राजनैतिक हित गर्ने बताएका छन् ।

थापाले आर्थिक समृद्धिको नारा गफबाट नभई कामबाट प्रमाणित गर्न आबश्यक भएको समेत बताए काङ्ग्रेस,एमाले माओवादीको बिकल्पमा राप्रपा नेपालले मात्र बिचार दिनसक्ने भन्दै थापाले संगठन निर्माण र महाधिवेशन सम्पन्न गर्न कार्यतालिका अनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षणमा अध्यक्ष थापा सहित डाक्टर बिष्णु भण्डारी , जयकुमार खड्का, राजाराम बर्तौला ‘चुनेली’, सन्तोष अधिकारी लगायतले बोलेका थिए ।