२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा हिन्दू लक्षित हिंसाविरुद्ध काठमाडौंमा प्रदर्शन, दूतावासमा ज्ञापनपत्र



अ+ अ-

काठमाडौं । बंगलादेशमा हिन्दू मन्दिर र हिन्दू धर्मावलम्बी लक्षित आक्रमणका घटना तत्काल रोक्न माग गर्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।

इस्कोनको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले बंगलादेशमा हिन्दू मन्दिर र भक्तजनहरु लक्षित गरी गरिएको विनास र हिंसा तत्काल रोक्न माग गरेका थिए । हिंसाविरुद्ध भएको प्रदर्शनपछि काठमाडौंस्थित बंगलादेशको राजदूतावासमा पुगेर ज्ञापनपत्रसमेत बुझाइएको छ ।

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडे पनि स्थिति शान्त भएको छैन । नयाँ सरकार प्रमुखको रुपमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस आएका छन् । तर त्यहाँ कानुनी राज छैन । अल्पसंख्यक समुदायमाथी निराशा बनाइँदै आएको छ ।

सानो संख्यामा रहेका हिन्दु धर्मावलम्बीहरु त्रसित अवस्थामा छन् । बंगलादेशमा करिब ९० प्रतिशत जनसंख्या मुस्लिमको छ भने बाँकी १० प्रतिशत हिन्दू र अन्य धर्म मान्नेहरु छन् ।

आक्रमणकारीले हिन्दुको सूची नै बनाएर आक्रमण गरेको बताइएको छ । उनीहरु त्यहाँबाट जानुअघि घरमा भएको नगद र गहनासमेत लुट्ने गरेका छन् ।

हसिनाले बंगलादेश छोडेपछि थुप्रै हिन्दु मन्दिरमा आक्रमण भएको छ । हसिनाको मुस्लिम लिग पार्टी धर्म निरपेक्ष नीतिका साथ अघि बढेको थियो । त्यसैले अन्य अल्पसंख्यकले सुरक्षाको अनुभूति गर्दै आएका थिए ।