२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षद्वय ओली–प्रचण्डबीचमा संवाद गराउने गृहकार्य



अ+ अ-

काठमाडौं । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेसँगै सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेस भएको छ । दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी समिति सदस्यलाई सात दिनको समय दिएर शीर्ष तहमा भने सहमतिको खोजी शुरु भएको छ । दोस्रो तहका नेताहरु पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष ओली–प्रचण्डबीचमा संवाद गराउने गृहकार्यमा जुटेका छन् । प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएर यसबीचमा सहमतिको प्रयास अगाडि बढेको छ ।

स्थायी समिति बैठकमा अध्यक्ष ओली सहभागी नभए पनि पत्रमार्फत बैठकलाई सम्बोधन गरेसँगै बैठकले वैधानिकता पाइसकेको छ । यही मंसिर २८ गतेबाट स्थायी समिति बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम शुरु हुनेछ । नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल पार्टीभित्र देखापरेको समस्या समाधान हुने बताउनुहुन्छ । स्थायी समितिको बैठकमा बहुमत सदस्यहरुको भनाइलाई आधार बनाएर निष्कर्ष निकालिने बताउँदै उहाँले विवाद समाधानका लागि बैठकले निर्णायक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सोमबार मात्र देवेन्द्र पौडेलसहितका नेताहरुले शीर्ष नेताहरुसँग भेटवार्ता गरेर जारी विवादको निकास निकाल्न भूमिका खेल्न आग्रह गरेका छन् । स्थायी समिति बैठकलाई सम्बोधन गर्दै लेखेको पत्रमा अध्यक्ष ओलीले गत भदौ २६ गते स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन गरेर जान आफू तयार रहेको दोहोर्याउनुभएको छ ।

तर उक्त निर्णय कार्यान्वयन नभएकै कारण पार्टीभित्र समस्या एकपछि अर्को गर्दै थपिँदै गएको स्थायी समितिका सदस्यहरुलाई प्रचण्डले जानकारी गराउनुभएको छ । नेपाल समाचारपत्र दैनिक