२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रिया निस्कर्षमा पुर्याउने भुमिका खेलेबापत राजालाई राजनीतिक दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्योः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्ने बताउनु भयो ।

उहाँले कसरी टुंग्याउने भन्नेकुरामा मात्रै छलफल हुँदा त्यस बेलाका पीडित पक्षलाई नछोइएको बताउनु भयो । उहाँले द्वन्द्व कसका कारण र कसका लागि भयो ? भन्ने मुख्य कुरा रहेको भन्दै युद्ध गर्नेले जनयुद्ध भन्दा हुने तर सबैले भन्नुपर्छ भन्नेकुरा मान्य नहुने बताउनु भयो । त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै दोहोरिन दिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जब शान्ति प्रक्रियाको कुरा आउँछ, शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने कुरा गर्दछौँ । त्यसबेला हामीले विगतको द्वन्द्वलाई बिर्सनु हुँदैन । अहिले कसरी टुंग्याउने भन्नेकुरा मात्रै भइरहेको छ । त्यो द्वन्द्व कसका कारण भयो, कसका लागि भयो रु त्यो भन्नलाई नाम दिनलाई जसले द्वन्द्वको नेतृत्व ग¥यो, प्रत्यक्ष सामेल भयो, त्यसले जनयुद्ध भने हुन्छ ।

कसैले सशस्त्र बिद्रोह, कसैले हिंसात्मक बिद्रोह भने हुन्छ । तर हामीले यो कुरा बिर्सिनु हुँदैन की त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै नदोहोरियोस् । यस द्वन्द्वमा बिद्रोही र सरकार पक्ष मात्रै छैनन् । जो द्वन्द्वमा प्रत्यक्ष रुपमा सामेल थिएन त्यो पनि सबैभन्दा बढी पीडित भएको छ ।’

अध्यक्ष लिङदेनले सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भएपनि नसम्झिएको भन्दै आपत्ति जनाउनु भयो । शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने भुमिका खेलेबापत तत्कालिन राजालाई राजनीतिक दलहरुले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताउनु भयो । आफूले मौका पाउने बित्तिकै अरुलाई बिर्सिन नहुने बताउनु भयो ।

तस्बिरः रत्न श्रेष्ठ/रासस