२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए केन्द्रीय समितिको बैठक शनिबार बस्ने



अ+ अ-

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठक आगामी शनिबार बस्ने भएको छ।

संघका महासचिव गौरीराज जोशीका अनुसार, शनिबार (१७ अगष्ट) नेपाली समय साँझ ५ बजे भर्चुअल माध्यमबाट बैठक हुनेछ।

गैरआवासीय नेपाली संघका ६० भन्दा बढी देशहरूमा रहेका संघका केन्द्रीय पदाधिकारीहरू, आइसीसी सदस्यहरू, र राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा महासचिवहरू बैठकमा सहभागी हुनेछन्।

जोशीका अनुसार, बैठकमा गैरआवासीय नेपाली संघका गतिविधिहरूको जानकारी दिन तथा आगामी नयाँ कार्यक्रमहरू तय गर्न बैठकको आह्वान गरिएको हो।

गत मंगलवार सर्वोच्च अदालतले डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई काममा नरोक्न आदेश दिएपछि पहिलो पटक सो बैठक बस्न लागेको हो।

यसअघि संघको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नियमित काम गर्न पाउनुपर्ने माग गर्दै संघका सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना लगायतको टोली सर्वोच्च अदालत पुगेको थियो।




भर्खरै