२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुर्किइन पुष्पा, इन्क्लोजरमा छाडिने



अ+ अ-

चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ । 

एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उक्त गैडाको बच्चालाई उद्दार गरी हुकाईएको हो । पुस्पा नाम गरेकी उक्त गैडाको बच्चालाई भैंसीको दुध खुवाएर हुर्काइएको हो । अहिले घाँस खान सक्ने भएसँगै जंगलमा लगेर छाडने तयारी गरिएको छ । गैडाको बच्चालाई लालबहादुर महतराले हुर्काउनुभएको हो । सानैदेखि रेखदेख गर्दै आएकाले पुष्पालाई छाडनुपर्ने दिन नजिकिदै गर्दा महतरा भने दुखि देखिनुहुन्छ । आफ्नो बच्चालाई जस्तै माया दिएर हुर्काएकोले जंगलमा छाडेपनि रेखदेख गर्न पुग्ने महतराले बताउनुभयो ।

पुष्पाले जन्मेदेखि नै जंगलको अनुभव गर्न पाएकी छैन । भैंसीको दुध खाएर हुर्केकी पुष्पालाई सुरुमै खुला जंगलमा नभइ अर्नाका लागि बनाइएको खुला खोरमा छोड्ने तयारी गरिएको छ । तत्कालै जंगल लगेर छाड्दा अन्य जनावरको डर हुने भएकोले पहिला निकुञ्ज भित्रको अर्नाका लागि तयार पारिएको ‘इन्क्लोजर’ (तारबारगरी निश्चित क्षेत्र छुट्टाइएको ठाउँ)  मा लगेर राखिने र जंगल कै प्रकृतिमा रमाउन सक्ने भएपछि खुला जंगलमा छाडिने राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेले बताउनुभयो ।

राष्ट्रिय प्राकृतिक संरक्षण कोषले पुष्पासहित हालसम्म २५ ओटा टुहुरा गैंडाको बच्चा हुर्काएको छ । पुष्पालाई भेटेरिनरी डाक्टर, वन्यजन्तु प्राविधिक सहितको सहयोगमा हुर्काइएको हो ।