२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय दूतावासमा ‘एक पेड माँ के नाम’ अभियानअन्तर्गत वृक्षरोपण



अ+ अ-

काठमाडौँ: भारतीय दूतावास, लैनचौरमा आफ्ना आमाहरुको सम्मानमा सबैलाई वृक्षरोपण गर्न आग्रह गर्दै ‘एक पेड माँ के नाम’ अभियानअन्तर्गत वृक्षरोपन गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व वातावरण दिवस, २०२४ का अवसरमा ‘एक पेड माँ के नाम’ अभियान शुभारम्भ गर्नुभएको थियो । सो अभियानलाई भारतीय जनताको समर्थन र सहभागितासहित सफल कार्यक्रमका रूपमा भारतभर लिइने गरेको छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज लैनचौरस्थित दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर वातावरण संरक्षण एवं संवद्र्धन अभियानमा ऐक्यबद्धता जनाउनुभयो । दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्री पनि यही साउन २७ गते दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर सो अभियानमा सरिक हुनुभएको थियो ।

वातावरण संरक्षण तथा वातावरणीय दिगोपन प्रवद्र्धन गर्न भारतीय ‘डायस्पोरा’का सदस्य एवं भारत–नेपाल मैत्री सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूले दूतावास परिसरमा बिरुवाहरु रोपी अभियानमा ऐक्यबद्धता व्यक्त गरेको थिए ।

‘एक पेड माँ के नाम’ पहलसँगै नेपालस्थित भारतीय दूतावास, लैनचौरले आज विभिन्न जातका ७८ वटा बिरुवा दूतावास परिसरमा रोप्दै भारतको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ ।रासस