८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब कुनैपनि उद्योगको बिजुली काटिँदैन, उद्योगीलाई पहिलो सहुलयित विद्युतबाटै दिन्छौँः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ट्रंक र डेडिकेटेड लाइनको वक्यौताको विवादले कुनैपनि उद्योगको बिजुली नकाटिने बताउनुभएको छ ।

शुक्रवार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले उद्योगको लाइन काटियो भनेर सरकारको ढोका ढक्ढक्याउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनु भयो ।

उहाँले सरकारले समस्या समाधान समयमा गर्न नसक्ने अनि उद्योगीहरुको लाइन काटेर उद्योगधन्दा बन्द गर्नेकुरा राम्रो नहुने बताउनु भयो । उद्योग उत्पादनको बजार नहुनु, बैंकको ब्याजदरको समस्या झेलिरहनु परेको समयमा सरकारले पनि लाइन काटेर झनै समस्या थुपार्नु नहुने बताउनु भयो ।

उहाँले उत्पादनको खपत आन्तरिक रुपमा बढाउन र मात्रै निर्यातमा लाग्न पनि आग्रह गर्नुभयो । उहाँले नेपालका उद्योगीहरुलाई सरकारले सेवा प्रवाह गर्ने, सहुलियत प्रदान गर्ने पहिलो कुरा विद्युतबाट हुने बताउनु भयो । आफूहरु अध्यारोमा बसेर भएपनि उद्योगधन्दा सञ्चालन गर्ने, उत्पादन र रोजगारी बढाउने कुरा सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘आज एक जना उद्योगी सरकारको ढोका ढक्ढक्याउँछ । मलाई यो समस्या प¥यो, मेरो उद्योगमा यो खालको क्षति भयो । मेरो उद्योगको लाइन काटियो, सरकारको ढोका पटक पटक ढक्ढक्याइरहेको छ । तर हामी ति कुरालाई समयमा सम्बोधन गर्न सकिरहेका छैनौँ । एकातिर बैंकको ब्याजदर, वित्तीय क्षेत्रको ब्याजदरको चटारो छ । उद्योग बन्द छ, समस्या छ । उत्पादनको बजार छैन । बजारको सुनिश्चितता छैन । तर ति थुप्रै खालका जटिलताहरु यताको उता कुदाउने, यता तनाव, उताको तनाव, सबै व्यहोरेर पनि यहाँहरु उभिनुभएको छ ।

अब सरकारका ढोका धेरै ढक्ढक्याउनु पर्दैन । तपाईंहरुको अहिले पनि सिमेन्ट उत्पादक संघ सरकारले अस्ति निर्णय गरिसकेको छ । ट्रंक र डेडिकेटेड लाइन अब तपाईंहरुको काटिने छैन । त्यसमा तपाईंहरु ढुक्क हुनुस् ।

सबै उद्योगीहरुलाई भन्न चाहन्छु, अब पहिलो हाम्रो उत्पादनको खपत आन्तरिक रुपमा हुन्छ । त्यसपछि हामीले निर्यात गर्नेछौँ । त्यसैले सरकारले सेवा प्रवाह गर्ने, सहुलियत प्रदान गर्ने पहिलो कुरा नेपालका उद्योगीहरुलाई हामी विद्युतबाट राज्यले पुर्याउने छ । त्यसपछि बरु हामी अध्यारोमा बसौँला । पहिलो प्राथमिकता उद्योग, उत्पादन र रोजगारी हो । त्यसकारण सरकार यो कुरामा अत्यन्त गम्भीरताका साथ लागिरहेको छ ।’

मन्त्री भण्डारीले उद्योगी व्यवसायीहरुका समस्या समयमै सम्बोधन गर्नेतर्फ सरकार अग्रसर रहेको बताउनु भयो ।