२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

करातेकी एरिका र टेबलटेनिस स्यान्टु वर्षको‌ उत्कृष्ट खेलाडीबाट सम्मानित



अ+ अ-

काठमाडौं । करातेकी एरिका गुरुङ र टेबलटेनिस स्यान्टु श्रेष्ठ वर्षको‌ उत्कृष्ट खेलाडीबाट सम्मानित भएको छ।

हाम्रो खेलकुदको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार ललितपुरको‌ एकान्तकुनास्थित कोरियन बिबिक्यूमा भएको कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए। राष्ट्रिय खेलकुद परिषद ९राखेप० टंकलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्मान गरेका थिए। उनीहरूले अवार्ड सहित २५ हजार रुपैयाँ प्राप्त गरे। स्यान्टुको तर्फबाट प्रशिक्षक राजेन्द्र कपालीले अवार्ड ग्रहण गरेका थिए।

एरिकाले गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुद (एसियाड) मा रजत पदक जितेकी थिइन्। स्यान्टु पेसिस ओलम्पिकका‌ लागि छनोट हुन सफल भएका थिए। सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी संगिना वैध र २००८ को बेजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्ट पछि छनोट हुने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।

सुदीप मिडिया एन्ड इभेन्टस प्रालिको हाम्रो खेलकुद डटकम २०७२ साउन १९ गतेबाट सन्चालनमा आएको हो । सुदीप मिडियाका अध्यक्ष सुबास हुमागाईंले यो यात्रामा सहयोग गर्नुे सबैलाई स्वागत गर्दै अनलाइन सन्चालन चुनौतीपूर्ण रहेको बताएका थिए।

राखेपका‌ सदस्य सचिव घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, प्रशिक्षक कपाली, एरिकाले हाम्रो खेलकुदको‌ वार्षिकोत्सवको लागि बधाई दिएका थिए । सोही अवसरमा सहयोगी र प्रायोजकहरूलाई हाम्रो खेलकुदका सम्पादक तिमल्सिनाले मायाको चिनो प्रदान गरेका थिए।

सो अवसरमा तिमल्सिनाले सहयोगी सबैलाई धन्यावाद दिदै खेलकुद अनलाइन खेलकुद पत्रकारिता चुनौतीपूर्ण रहेको बताएका थिए।