२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा ‘सर्किट ब्रेक’



अ+ अ-

काठमाडौं । मौद्रिक नीतिको त्रैमासिक समिक्षा पश्चात शेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको छ । शेयर कारेबार खुल्ला भएको तेस्रो घण्ता प्रवेशसँगै ६ प्रतिशतले सर्किट ब्रेक लागेर नेपाल स्टक एक्सचेञ्जले दिनभरिको लागि कारोबार रोकिदिएको छ । 

आइतबारको बजार बजार बन्द हुनुभन्दा करिब एक घण्टा अघि अर्थात दिउँसो २ बजेर १३ मिनेटमा नै नेप्से परिसूचक ६ प्रतिशतले घटेर सो दिनको लागि कारोबार बन्द भएको हो । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षाको प्रभाव आइतबारको  पुँजीबजारमा परेको छ । बैंकले बिहीबार मौद्रिक नीतिको समिक्षा मार्फत सेयर कर्जामा पुनरावलोकन गरिने भनेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको हो ।

नेप्से १२३ अंकले घटेर बजारमा नकारात्मक सर्किट ब्रेक लागेको हो । आइतबार सेन्सेटिभ इन्डेक्ट पनि ५.५१ प्रतिशत अर्थात २१.६२ अंकले घटेर ३७० बिन्दुमा झरेको छ । आइतबार कारोबार शुरु भएदेखि नै निरन्तर ओरालो लागेको बजारमा परिसूचक १२३.३४ अंकले घटेर १९३२ अंकमा झरेको छ । जबकी बिहीबारको कारोबारमा परिसूचक २०५५ अंकमा रहेको थियो ।