२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई



अ+ अ-

काठमाडौं । ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितेकी हुन् ।

विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे । जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए ।

कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे ।