२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा शनिबार एकै दिनमा ३६ हजार संक्रमित



अ+ अ-

नयाँ दिल्ली । भारतमा शनिबार थप ३६ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ४४ हजार २२२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । जसमध्ये ९१ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

सो मन्त्रालयका अनुसार हाल ४ लाख ३ हजार २४८ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २८ औं दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४८२ जनाको मृत्यु भएको र  यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार १८२ पुगेको छ । 

भारतभरी सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ८३ हजार ९३१ अझै पनि सक्रिय संक्रमित  रहेका आइतबार जनाइएको छ ।

संक्रमणको कारण यहाँ ४७ हजार ६९४ व्यक्तिको मृत्यु जनाइएको छ । कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा ५ लाख ५३ हजार २९२ संक्रमित भएका छन् । कोरोना शुरु भएयतादेखि शनिबार बिहानसम्म दिल्लीमा यस प्रकोपबाट ९ हजार ५७४ व्यक्तिको मृत्यु भईसकेको छ । 
 
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ६९ लाख ८६ हजार नमूना परीक्षण गरेको जनाएको छ ।