२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाई राजाद्वारा पातोङटार्न सिनावात्रालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त



Thailand’s new Prime Minister Paetongtarn Shinawatra talks to media members after receiving a royal letter of endorsement for the post at the Pheu Thai party headquarters in Bangkok, Thailand, Sunday, Aug. 18, 2024. (AP Photo/Sakchai Lalit)
अ+ अ-

एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले पाइतोङटार्न सिनावात्रालाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेको प्रतिनिधि सभाका महासचिव अर्पथ सुखानुन्थले आईतवार घोषणा गर्नुभएको छ ।

आईतवार बिहान फेउ थाई पार्टीको मुख्यालयमा आयोजित एक कार्यक्रममा अर्पथले शाही कमाण्ड बुझाउनुभएको थियो । अगस्ट १६ मा भएको संसदीय मतदानमा बहुमत प्राप्त भएकाले पातोङटार्नलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो आधिकारिक भाषणमा उहाँले संसदीय कार्यकालको बाँकी तीन वर्षमा विधायिका शाखासँग सहकार्य गर्ने र थाइल्याण्डलाई अटल अठोटका साथ अगाडि बढाउने लक्ष्य रहेको बताउनु भयो ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पातोङटार्नले २०२१ मा फेउ थाई पार्टीको सहभागिता र नवीनतासम्बन्धी सल्लाहकार समितिको अध्यक्षको रूपमा राजनीतिमा प्रवेश गर्नुभएको थियो ।