२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन र सुनितासहित नेताको फेक भिडिओ बनाउने पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलसहित विशिष्ट व्यक्तिहरुको फेक भिडियो बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोले बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई साइबर अपराधको अभियोगमा सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।

रावतले एआईको दुरुपयोग गर्दै विभिन्न राजनीतिक नेताहरूको फेक भिडियो बनाउँदै आएका थिए । जसमा हालका चर्चित भिडियोहरूमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एक भिडियो समावेश छ । उक्त भिडियो भाइरल भएपछि उपमेयर सुनीता डंगोलले साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन् ।

पक्राउ परेका रावत सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय गर्दै आएका थिए । उनले अन्य फेक भिडियोहरू पनि बनाएको खुलासा भएको छ, जसमा तीन प्रमुख राजनीतिक दलका नेताहरूको डान्स गरेको फेक भिडियो पनि समावेश छ । यस प्रकारका भिडियोलाई एआई प्रविधिको सहायताले निर्माण गरिएको थियो, जसले सत्यतथ्य भन्दा भिन्न छविहरू प्रस्तुत गरेर समाजमा भ्रम फैलाउने काम गरिरहेको थियो ।

रावतले बनाएका अन्य भिडियोहरूमा नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान परराष्ट्रमन्त्री आरजु राणालाई पनि जोडिएको पाइएको छ । यी भिडियोहरूले समाजमा राजनीतिक अशान्ति र भ्रम सिर्जना गर्ने सम्भावना रहेको कारणले प्रहरीले यस मामिलालाई गम्भीरतापूर्वक लिएको छ ।

साइबर ब्यूरोका अनुसार रावतले एआई टेक्नोलोजीको प्रयोग गरी नेताहरूको अनुहारलाई भिडियोमा अनुकरण गरी उनीहरूको छविलाई विकृत गर्ने प्रयास गरेका थिए । यस प्रकारका भिडियोलाई सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाएर समाजमा गलत सूचना प्रवाह गरिएको थियो ।




भर्खरै