२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइफा अवार्ड २०२४ को मनोनयन घोषणा, शाहरुखका दुई फिल्म दौडमा



अ+ अ-

एजेन्सी । हालसालै भारतको ७० औं राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरिएको छ, जसमा ऋषभ शेट्टीले ‘कान्तारा’ का लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् भने नित्या मेननले ‘तिरुचित्रम्बलम’का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् ।

अब भारतीय सिनेमाको सबैभन्दा ठूलो अवार्ड समारोह इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड्स (आइफा) ले सन् २०२४ का लागि मनोनयनहरू पनि घोषणा गरेको छ ।

‘एनिमल’ लाई ११ मनोनयन प्राप्त
रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ ले ११ मनोनयन प्राप्त गरेको छ । यो फिल्म सबैभन्दा धेरै नोमिनेसनका साथ शीर्ष स्थानमा छ । रणवीर सिंह र आलिया भट्ट अभिनित ‘रकी और रानी की प्रेम कहानी’ले १० मनोनयन प्राप्त गरेको छ । योसँगै शाहरुख खानका दुई फिल्म पनि मनोनयनमा अगाडि नै छ । २०२३ का एक्शन हिट फिल्म ‘जवान’ र ‘पठान’ ले लोकप्रिय विधामा ७–७ नोमिनेसन प्राप्त गरेका छन् ।

आफ्नो अभिनयले देशैभर लोकप्रिय बनेका अभिनेता विक्रान्त मेसीले ‘१२ फेल’ का लागि ५ मनोनयन प्राप्त गरेका छन् । यस पटक आइफाको आयोजक राष्ट्र र यसको मिति चाँडै घोषणा गरिनेछ ।