२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा युद्धविराम प्रस्ताव नेतान्याहुको पक्षमा रहेको हमासको दावी



अ+ अ-

एजेन्सी । हमासले दोहामा गत हप्ता प्रस्तुत नयाँ गाजा युद्धविराम प्रस्ताव आलोचना गर्दै प्रस्ताव इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको शर्त र स्थायी युद्धविराममा सहमत हुन अस्वीकार गरेको भनी आलोचना गरेको छ ।

हमासले युद्द विराम प्रस्ताव नेतान्याहुको मागसँग मेल खाने जिकिर गर्दै स्थायी युद्धविरामबारे अस्वीकारोक्ति प्रकट गरेको छ भने रफाह क्रसिङ्ग र फिलाडेल्फी कोरिडोरमा नियन्त्रण कायम राखी कैदी आदानप्रदान सम्झौतामा बाधा पुर्‍याएको छ ।

हमासले नेतान्याहुलाई मध्यस्थकर्ताको पहलमा भइरहेको वार्ताको असफलताप्रति उहाँलाई नै पूर्ण जिम्मेवार रहेको दावी गरेको छ भने गाजाविरुद्ध आक्रमण जारी राखेर इजरायली बन्धकहरूलाई खतरामा पारेको आरोप लगाएको छ ।

जुलाई–२ मा भएको सम्झौता प्रतिबद्धता दोहोर्‍याउँदै हमासले अमेरिकी राष्ट्रपति जो बाईडेनको र राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको आधारमा इजिप्ट र कतारका मध्यस्थकर्तालाई सहमतिका सर्तहरू लागु गर्न आग्रह गरेको छ ।

बिहीबारदेखि शुक्रबारसम्म दोहामा सम्पन्न गाजा युद्धविरामपछि मध्यस्थकर्ताले संयुक्त विज्ञप्ति जारी गर्दै वार्तामा ‘रचनात्मक’ प्रगति भएको र सम्बन्धित पक्षहरूले आगामी दिनमा सम्झौताको कार्यान्वयनको विवरणका लागि वार्ता प्रयास जारी राख्ने घोषणा गरेका छन् ।

नेतान्याहुको कार्यालयले मध्यस्थकर्ताको प्रयास प्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूले हमासलाई मे को अन्त्यमा गरिएका प्रस्तावको सर्तहरू स्वीकार गर्न मनाउने आशा व्यक्त गरेको छ ।

हमासले इजरायललाई पहिले सहमति भएका प्रस्तावमा नयाँ सर्तहरू थप्ने गरेको आरोप लगाउदै वार्ताको नतिजाबारे शङ्का व्यक्त गरेको छ ।