२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । शुक्रबार थप ३६ हजार ६३५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ८ हजार २१८ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् । 

सो मन्त्रालयका अनुसार हाल ४ लाख ९ हजार ८६० व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३० औं दिन हो ।भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५०९ जनाको मृत्यु भएको र  यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार ७०० पुगेको छ । 

भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ४२ हजार रहेको ५७७ संक्रमित र भइसेकेका छन् । संक्रमणको कारण यहाँ ४७ हजार ५९९ व्यक्तिको मृत्यु भएको छ ।   कोरोना भाइरसको कारण दोस्रो प्रभावित दिल्लीमा ५ लाख ८६ हजार १२५ संक्रमित भएका छन् ।   

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ५८ लाख ८५ हजार नमूना परीक्षण गरेको जनाएको छ ।