२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हरेक रात मेरो अन्तिम हुन सक्ने सोच्दै निदाउँथे’: इजरायलबाट अपहरित जापानी बन्धक



अ+ अ-

एजेन्सी । अक्टोबर ७ मा हमासले बन्धक बनाएको २५१ जना मध्येकी एक इजरायली युवतीले बुधबार आफू कैदमा रहँदा हरेक रात आफ्नो अन्तिम रात हुन सक्ने सोच्दै सुत्ने गरेको बताएकी छन् ।

“हरेक रात म सुत्न खोज्दा यो मेरो जीवनको अन्तिम रात हुन सक्ने सोच्दै निदाउँथे ”, नोआ अर्गामानीले जापानमा आफ्नो बुबासँग भेट्दा भन्नुभयो ।

“मेरो उद्धार नहुँदासम्म मलाई म बाच्छु भन्ने विश्वास थिएन”, २६ वर्षीया अर्गामानीले टोकियोमा जी–७ राष्ट्रका वरिष्ठ कूटनीतिज्ञसँगको भेटमा बताउनुभयो । “म तपाईंसँग यहाँ बसिरहेको छु, यो एउटा चमत्कार हो ।”

अर्गामानी इस्लामवादीहरूको अक्टोबर ७ को आक्रमणको समयमा नोभा सङ्गीत महोत्सवबाट हमासद्वारा अपहरण गरिएका मध्ये एक हुनुहुन्थ्यो । त्यस समयमा उहाँले मोटरसाइकलको पछाडिबाट ‘मलाई नमार्नुहोस १’ भनेर चिच्याइरहेको भिडियो भाइरल भएको थियो ।

भिडियोमा उहाँका प्रेमी इन्जिनियर अविनातन ओरलाई छुट्टै लगिएको देखाइएको छ ।

इजरायली विशेष फौजले जुन ८ मा गाजाको नुसिरात शरणार्थी शिविरमा छापा मार्दा अर्गामानीसहित अन्य तीन जना २२ वर्षीया अल्मोग मीर जान, २७ वर्षीयस आन्द्रे कोज्लोभ र ४१ वर्षीया श्लोमी जिवको उद्धार गरेका थिए ।

इजरायली सेनाले मङ्गलबार दक्षिणी गाजाको सुरुङ्गबाट छ जना बन्धकहरूको शव फेला परेको बताएको छ ।

त्यस दिन बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजापट्टीभित्र बन्धक बनाइएका छन् । उनीहरूमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जानकारी गराएको छ ।

“मेरा प्रेमी अविनातन अझै पनि बन्धक हुनुहन्छ । धेरै ढिला नगरी उनीहरूको उद्धार गर्न आवश्यक छ । हामीले पहिले नै धेरै मानिस गुमाइसकेका छौँ, अझै गुमाउन चाहँदैनौँ,” अर्गामानीले भन्नुभयो ।




भर्खरै