२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार मुद्दामा हदम्याद: नो इफ नो बट, हाम्रो कुरा क्लियर कट, हदम्याद हुदैन: रवि लामिछाने



अ+ अ-

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राख्नु नहुने बताउनुभएको हो । उहाँले आफ्नो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने पक्षमा स्पष्ट रुपमा उभिने बताउनु भयो । उहाँले नीतिगत निर्णय भनि मन्त्रिपरिषद्बाट निर्णय गराएर भ्रष्टाचार हुने गरेको भन्दै त्यसरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने क्रम रोकिनुपर्ने बताउनु भयो । उहाँले नीतिगत निर्णयको परिभाषा गरिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राखिनु हुँदैन । हामी यसमा स्पष्ट छौँ । र सिंगो सदन यो ठाउँमा उभिने छ भन्ने विश्वास गराउन चाहान्छु । नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लाने कुरालाई गम्भीर रुपले हेरिएको छ । यसलाई अख्तियारले पनि ध्यान दिएको छ । यसलाई परिभाषित गर्ने पनि गरेको छ । त्यसबारे म ध्यान गराउँछु । नीतिगत भनेर मन्त्रिपरिषद् लगेर त्यस्ता निर्णय गराउने क्रम रोकिनुपर्छ । त्यसको परिभाषा हुनुपर्छ । दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिता हुनुपर्छ भनेर माइतिघरमा आन्दोलन गर्दै आएका खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको तर अबेर राति छोडेको भन्ने सुनियो । म सरकारलाई सोध्न चाहन्छु के खगेन्द्र जस्तै दलितहरुले आफ्नो हक माग्नु गलत हो रु आफ्नो हक माग्नेजति सबैलाई मुख थुनेर बन्द गर्ने नियत हो कि सरकारले ऊ जस्ता अभियन्ताहरुको आवाज सुनेर संविधानले निर्दिष्ट गरे अनुसार राज्यको संरचनाहरुमा सहभागिता गराउने हो रु सरकारले स्पष्ट पारोस् ।’

सभापति लामिछानेले दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिताको माग गर्दै माईतीघरमा आन्दोलन गर्दै आएका अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले दलितहरुले आफ्नो हक माग्नु गलत हो भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल