२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयमा बिना कारण कुनैपनि फाइलहरु रोकिने छैनन्: मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा फाइलहरु बिना कारण नरोकिने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले मन्त्रालयमा बिना कारण कुनैपनि फाइल नरोकिने स्पष्ट पार्नुभएको हो ।

उहाँले अविरल वर्षाको कारण र कर्मचारीहरुको व्यवस्थापनका कारण श्रावण महिनामा काम गर्न नसकिएको बताउनु भयो । उहाँले मन्त्रालय कर्मचारीहरुको व्यवस्थापन गर्न लागिरहेको भन्दै कर्मचारीको व्यवस्थापन पछि काममा कुनै समस्या नआउने बताउनु भयो । उहाँले आश्विन महिनासम्ममा सबै ठेक्काहरु लगाइसक्ने लक्ष्य मन्त्रालयले राखेको बताउनु भयो । उहाँले यस आर्थिक वर्षमा विनियोजित रकमहरु आयोजनाहरुको स्थिति हेरेर क्रमश: अगाडी बढाइने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भर्खरै मात्र नयाँ आर्थिक वर्ष शुरु भएको छ । श्रावण महिनामा अविरल वर्षा, बाढी, पहिरोका कारणले यो महिना काम गर्नसक्ने स्थिति भएन । हामीले कर्मचारीहरुको पनि व्यवस्थापन गर्नुपर्ने छ । कहाँ, कसलाई राख्ने रु त्यो काम पनि गर्न लागिरहेका छौँ । त्यो कामहरु व्यवस्थित गरिसकेपछि कुनैपनि फाइलहरु भौतिक पूर्वाधार मन्त्रालयमा रोकिने छैन । यहाँहरुलाई म यो विश्वास दिलाउन चाहन्छु । कुनैपनि फाइलहरु भौतिक पूर्वाधार मन्त्रालयमा बिना कारण रोकिने छैनन् । यो वर्षातको समय हो । आश्विनसम्ममा सम्पूर्ण ठेक्काहरु लगाइसक्ने हाम्रो लक्ष्य रहेको छ । आश्विन महिनासम्ममा यो वर्ष विनियोजित भएको रकम, जहाँ जहाँ आयोजनाहरुमा विनियोजित भएको छ, ति आयोजनाहरुको स्थिति हेरेर क्रमश: फाइलहरु हेरेर अगाडी बढाउने लक्ष्य रहेको जानकारी गराउन चाहन्छु ।’
उहाँले ड्राइभिङ लाइसेन्सलाई राष्ट्रिय परिचयपत्र र नागरिक एपसँग जोड्ने तयारी भइरहेको जानकारी दिनुभयो ।