२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलिको प्रश्न: विश्वविद्यालयमा आफैँ अशान्ति गराउने अनि शान्ति भएन भन्ने?



अ+ अ-
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नमच्चाउन आग्रह गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको हो । उहाँले शिक्षाको सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र समाज नै जिम्मेवार हुने भन्दै सबै पक्षले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले विद्यालय क्षेत्र शान्ति क्षेत्र भएको भन्दै आफैँले अशान्ति गरेर शान्ति खोज्ने ? भनेर प्रतिप्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘शिक्षाको सम्बन्धमा म के भन्छु भने हरेकले शिक्षामा व्यवस्थापनदेखि लिएर, शिक्षक, विद्यार्थी, अभिभावक, समाज हरेक पक्ष जिम्मेवार भएर । ताला अरुले लाउन आउने त होइन । आफैँ ताला लाउने अनि पढाइ भएन भन्ने । शिक्षालय, विद्यालय भनेको शान्ति क्षेत्र हुनुपर्ने । विश्वविद्यालय, महाविद्यालयहरु शान्ति क्षेत्र हुनुपर्ने । ति ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरी शान्ति भएन भन्ने ? त्यस खालका तरिकाहरु हरेकले छोड्नुपर्छ । र जिम्मेवार ढंगले शिक्षाको उन्नति कसरी हुनसक्छ ? शिक्षाका समस्या सबै मिलेर कसरी गर्न सकिन्छ ? यस कुरामा जिम्मेवारीबोधका साथ सबैले ध्यान दिन जरुरी छ ।’
उहाँले शिक्षाका समस्या सबै मिलेर समाधान गर्नुपर्ने भन्दै सम्बन्धित सबैले जिम्मेवारीबोधका साथ ध्यान दिनुपर्ने बताउनु भयो ।