२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई लाख भक्तजनबाट स्वयम्भूमा दर्शन



अ+ अ-

काठमाडौँ : बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने चाँड गुँला पर्वका अवसरमा स्वयम्भूमा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने उक्त मेला गत असार २१ गतेदेखि सुरु भएको हो ।

मेला अवधिभर हरेक दिन बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ । बौद्ध धर्मावलम्बीको दशौँ महिनालाई बुद्धले ज्ञान प्राप्त गरेको र मानव कल्याणका निमित्त सन्देश प्रवाह गरेको विश्वासका साथ यो एक महिनाको समयावधिलाई पवित्र महिनाका रुपमा लिने गरेको छन् । स्वयम्भूमा मेला भरेपछि त्यहाँ नजिक रहेका शोभा भगवती, विजेश्वरीलगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा छ ।

करुणाका प्रतीकका रूपमा चिनिने मत्स्येन्द्रनाथको दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास धर्मावलम्बीको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापन, सडक बत्ती व्यवस्थापनलगायत कार्य गरेको छ ।

महासमितिका महासचिव अशोक बुद्धाचार्यले मेला अवधिभर बुद्ध जीवनी तथा बुद्ध उपदेशलाई कथाका रुपमा वाचन गरिएकाले पनि त्यसमा सहभागी हुन उल्लेख्य रुपमा भक्तजन आउने गरेको जानकारी दिनुभयो ।

थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट एक महिनाको अवधिमा करिब पाँच लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ । संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ ।

विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्दछन् । रासस

 




भर्खरै