२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समितिको बैठक आज, दुवै महामन्त्रीका प्रस्ताव अस्वीकार गर्ने तयारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवदेनमाथि छलफल हुने छ ।

गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महामन्त्रीहरुका प्रतिवेदनलाई लिएर विवाद छ ।

महामन्त्री गगन थापाले २०८२ साल मंसिरभित्रै पार्टीको १५ औं महाधिवेशन गर्ने गरी अहिले नै मिति तोक्ने, आगामी चुनावमा गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । तर यो प्रस्ताव सभापति शेरबहादुर देउवा समूहलाई मान्य छैन ।

त्यसैगरी अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेताहरुको बहिर्गमनको बाटो पहिल्याएका छन् । उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी एउटै व्यक्ति बन्न नपाउने व्यवस्थासहितको प्रतिवेदन ल्याएका छन् । यो प्रतिवेदन पारित भए सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न रोक्ने छ । यसले पनि प्रतिवेदन परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने बुझाइ देउवा समूहको छ ।

तर दुवै महामन्त्री आफ्नो प्रतिवेदन जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा छन् । उनीहरु परिमार्जन गर्न नहुने भन्दै लबिइङ बढाइरहेका छन् ।

यसअघिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ ।




भर्खरै