२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम दिन बिहिबार पहिलो घण्टामा १४.४१ अंकले बढ्यो नेप्से परिसूचक, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार



symbolic picture
अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १४ दशमलव ४१ अंकले बढेको छ । २ हजार ०९० दशमलव ८० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ७० प्रतिशतले बढेर २ हजार ०८५ दशमलव ४४ विन्दुमा पुगेको छ । पहिलो घण्टाको अवधिमा १९१ ओटा कम्पनीको २० हजार २६० पटकको कारोबारमा ४१ लाख ३३ हजार ६९५ कित्ता शेयरको रू. २ अर्ब ८३ करोड २२ लाख बराबरको खरीदविक्री भएको छ । 

कारोबारको पहिलो घण्टामा अपर तामाकोशी हाइड्रोपावर, सिभिल लघुवित्त र नेपाल सेवा लघुवित्तको शेयरमूल्य क्रमशः ९ दशमलव ९५, ९ दशमलव ८२ र ९ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । यस्तै १२ ओटा समूहको परिसूचकमध्ये होटल्स, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, वित्त, लघुवित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। ६७ करोड २ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ७६० मा कारोबार भइरहेको छ ।




भर्खरै