२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतभण्डार निर्माण अधुरै, किसानको उत्पादन खेर जाँदै



अ+ अ-

राजविराज । सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ । उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर जाने गरेको छ ।

सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा २०७५ पुसमा शीतभण्डार निर्माण कार्य सुरु भएको थियो । तीन हजार मेट्रिक टन क्षमता भएको उक्त सहकारी शीतभण्डार निर्माण समयमै निर्माण सम्पन्न नहुँका जिल्लाका किसान मारमा परेका छन् । झण्डै रु २८ करोड लागतको शीतभण्डार निर्माण कार्य २०७८ सालदेखि रोकिएको छ ।

बजेट अभावका कारण शीतभण्डार निर्माण कार्य बीचमै रोकिएको जिल्ला सहकारी सङ्घ सप्तरीका प्रबन्धक रमेशप्रसाद गुप्ताले जानकारी दिनुभयो । शीतभण्डार निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकारबाट रु ६ करोड ३६ लाख उपलब्ध भएको उहाँले बताउनुभयो । “सङ्घीय सरकारले रु १० करोड ७५ लाख उपलबध गराउन बाँकी नै छ, रकम अभावले निर्माणको जिम्मा लिएको कम्पनीले काम गर्न छाडेको छ ।”

स्वीकृत कार्यक्रमअनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग थप बजेट उपलब्ध गराउन पटक पटक माग गर्दैआएको प्रबन्धक गुप्ता बताउनुहुन्छ । सो अन्तर्गत नवलपरासी र सप्तरीमा एकसाथ सहकारी शीतभण्डार निर्माण थालिएको थियो । नवलपरासीमा भने यसअघि नै शीतभण्डार निर्माण भएर प्रयोगमा समेत आइसकेको उहाँको भनाइ छ । सङ्घीय सरकारको ६० प्रतिशत अनुदान, सङ्घ संस्थाहरुको २० प्रतिशत तथा स्थानिय र प्रदेश सरकारको २० प्रतिशत अनुदानमा डेढ कट्ठा जग्गामा उक्त शीतभण्डार निर्माण गर्न थालिएको हो ।

शीतभण्डार अभावले केरा, आँप, आलु, प्याज, लसुनलगायत उत्पादन खेर जाने गरेको छ । किसानले जिल्ला बाहेक अन्य ठाउँमा लगेर आफ्नो उत्पादन बिक्री गर्न सकिरहेका छैनन् । “शीतभण्डार नहुँदा उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ, बिक्री नहुँदा उत्पादन त्यसै खेर जाने गरेको किसानको गुनासो छ”, प्रबन्धक गुप्ताले भन्नुभयो । बेमौसममा भने किसानले तरकारी र फलफूल महङ्गोमा किनेर खान बाध्य भएका उहाँको भनाइ छ ।

स्थानीय किसानले उत्पादन गरेको फलफूल र तरकारी सहकारीमार्फत् शीतभण्डारमा भण्डारण गर्ने योजनाका साथ सो शीतभण्डार निर्माण कार्य अघि बढाइएको प्रबन्धक गुप्ता बताउनुहुन्छ । “अहिले उत्पान खेर गइरहेको छ, सुरक्षित साथ राख्न सकिएको छैन”, उहाँले भन्नुभयो, “शीतभण्डारको सुविधा भएको खण्डमा बिक्री गर्न नसकिएको तरकारी र फलफूल लामो समयसम्म राख्न सकिन्छ, किसानले अत्यधिक लाभ लिनसक्ने अवस्था बन्थ्यो ।”

प्रबन्धक गुप्ताका अनुसार मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/८२ मा उक्त सहकारी शीतभण्डार निर्माणका रु आठ करोड बजेट विनियोजन गरेको छ । तर हालसम्म सो रकम भने प्राप्न हुन नसकेको उहाँको भनाइ छ । चाडो निर्माण कार्य सुरु गर्नुपर्नेमा जोड दिदै उहाँले जिल्लाका जिल्लामा उत्पादित कृषि उपज भण्डार गर्न शीतभण्डार नभइ नहुने प्रबन्धक गुप्ता बताउनुहुन्छ ।

शीतभण्डार निर्माणको जिम्मा पाएको शर्मा आशिष ओम साइराम, सानोठिमीले बजेट अभावकै कारण समयमै निर्माण सम्पन्न गर्न नसकिएको जनाएको छ । “यसअघि काम गरेको रु तीन करोड ५७ लाख प्राप्त गर्न बाँकी छ”, सो निर्माण कम्पनीका प्रतिनिधि सञ्जयकुमार मिश्रले भन्नुभयो । आर्थिक वर्ष २०७७/७८ मा काम गरेको बील पेश गरेपनि त्यसको सुनवाइ नभएको उहाँको भनाइ छ । रासस